कोरोना अपडेट : मृत्युदरमा कमि आउँदै, उपचारपश्चात् घर फर्किनेको संख्या ११ लाख नाघ्यो

आइतवार, बैशाख २१, २०७७



काठमाडौं । विश्वव्यापी महामारी कोरोना संक्रमणले हुने मृत्युको दर घट्दै गएको छ । संक्रमितमध्ये गम्भीर बिरामीको संख्या कम हुँदै जानुले मृत्यु दर पनि घट्दै गएको पुष्टि भएको बताइएको छ ।

शुरुका दिनमा संक्रमित मध्ये ५ प्रतिशत बिरामी गम्भीर हुने गरेकोमा अहिले यो दर २ प्रतिशतमा झरेको छ । दैनिक ७ हजारसम्म ज्यान जाने गरेकोमा अहिले दैनिक ५ हजारको हाराहारीमा मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १३९ को मृत्यु भएको छ ।

हाल विश्वभर २१ लाख २८ हजार १९० कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमा २० लाख ७७ हजार ३२६ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ५० हजार ८६४ को अवस्था गम्भीर रहेको छ । गम्भीर विरामीको संख्या २ प्रतिशत छ । यो सुरुका दिनमा ५ प्रतिशत थियो ।

यस्तै, कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त हुनको संख्या ११ लाख ८ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्तराज्य अमेरिकामा १ लाख ६० हजार ७ सय व्यक्ति निको भएका छन् ।

वल्डोमीटरका अनुसार त्यहाँ संक्रमितको कुल संख्या ११ लाख ५९ हजार नाघेको छ । जसमध्ये ६७ हजार ४ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

विगत २४ घण्टामा मात्रै अमेरिकामा २८ हजार ८ सय संक्रमित थपिँदा १ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि युरोपको सबैभन्दा बढी कोरोना प्रभावित स्पेनमा पनि निको हुने संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । २ लाख ४५ हजार ५ सय संक्रमित रहेको त्यहाँ अहिलेसम्म १ लाख ४६ हजार व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

त्यस्तै, जर्मनीमा १ लाख २९ हजार, इटालीमा ८० हजार, चीनमा साढे ७७ हजार, इरानमा ७७ हजार, टर्कीमा ५८ हजार, फ्रान्समा ५० हजार ५ सय, ब्राजिलमा ४१ हजार, स्टिजरल्याण्ड, क्यानाडामा २४–२४ हजार, रसियाा १५ हजार, बेल्जियम, पेरुमा समान १२ हजार, आयरल्याण्ड, अष्ट्रियामा १३–१३ हजार व्यक्ति निको भइसकेका छन् ।

अरू देशमा पनि कोरोनाबाट निको हुने संक्रमितको संख्या बढ्दै गएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको दर सबैभन्दा धेरै बेल्जियममा छ । बेल्जियम विश्वमै कोरोना संक्रमणका कारण मृत्यु हुने दर उच्च रहेको देश भएको अधिकारीहरूले बताएका छन् ।

कोरोनाको संक्रमणका कारण आइतबार बिहानसम्म विश्वभरमा २ लाख ४४ हजार ५८७ जनाको ज्यान गएको छ  । अमेरिकामा मात्रै ६७ हजार ३९६ जनाको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments