कोरोना अपडेट : उपचारपश्चात् घर फर्किनेको संख्या ९ लाख २२ हजार नाघ्यो

मङ्लबार, बैशाख १६, २०७७



एजेन्सी । विश्वव्यापी  महामारी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या ३० लाख ६४ हजाार नाघेको छ । २४ घण्टामा ६९ हजार थपिएसँगै संक्रमितको कुल संख्या ३० लाख ६४ हजाार नाघेको हो ।

२१० देशमा फैलिएकाे कोरोनाका संक्रमित सबैभन्दा बढी अमेरिकामा छन् । त्यहाँ मंगलबार बिहानसम्म संक्रमितको संख्या १० लाख १० हजार नाघेको छ ।

त्यस्तै, स्पेनमा २ लाख २९ हजार, इटालीमा १ लाख ९९ हजार, फ्रान्समा १ लाख ६५ हजार, जर्मनीमा १ लाख ५८ हजार, बेलायतमा १ लाख ५७ हजार, टर्कीमा १ लाख १२ हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् । बाँकी देशमा भने संक्रमितको संख्या १ लाख भन्दा कम रहेको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वभर ९ लाख २२ हजार ३ सय बढी निको हुँदा २ लाख ११ हजार ६ सय बढी संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा नयाँ संक्रमित थपिएका छैनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments