कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या ६ लाख १७ हजार नाघ्यो

सोमवार, बैशाख ८, २०७७



सबैभन्दा धेरै अमेरिकामा ४० हजार ५३२ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । इटलीमा २३ जहार ६६०, स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८ तथा बेलायतमा १६ हजार ६० जनाको ज्यान गइसकेको छ ।

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् ।

टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा १३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments