कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या ३ लाख नाघ्यो..

बुधबार, चैत्र २६, २०७६



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ३ लाख नाघेको छ । हालसम्म ३ लाख २ हजार १ सय ५ व्यक्ति यो रोगबाट निको भएर घर फर्कीसकेका छन् ।

कोरोना भाइरसको उत्पतिथलो चीनमा  सबैभन्दा बढी मानिस निको भएका छन् । त्यहाँ ८१ हजार ८ सय २ संक्रमितमध्ये ७७ हजार २ सय ७९ विरामी निको भइसकेका छन् ।

त्यस्तै, स्पेनमा ४३ हजार, जर्मनीमा ३६ हजार, इरानमा २७ हजार, इटालीमा २४ हजार विरामी उपचारपछि घर फर्किसकेका छन् ।

अमेरिकामा २१ हजार, फ्रान्समा १९ हजार, स्वीट्जरल्याण्डमा ८ हजार ७ सय, दक्षिण कोरियामा साढे ६ हजार, अष्ट्रेलियामा २५ सय व्यक्ति कोरोनाबाट मुक्त भइसकेका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाबाट विश्वका २०९ देश प्रभावित भइसकेका छन् । बुधबार बिहानसम्म यो भाइरसबाट संक्रमितको संख्या १४ लाख ३१ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ८२ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments