बाजुरामा क्वारेन्टाइनमा रहेकाहरू सबैको रिपोर्ट नेगेटिभ

शुक्रबार, चैत्र २८, २०७६

- दयाराम पण्डित



 बाजुरा । बाजुरा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको कोरोना परीक्षणका लागि ¥यापिड डायग्नोष्टिक टेस्टपछि सबैको रिपाेर्ट नेगेटिभ अाएको छ । क्वारेन्टाइनमा १४ दिन पुगेकालाई ¥यापिड डायग्नोष्टिक टेस्टपछि ३५ जनाको कोरोना नेगेटिभ स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

बाजुराका नौ ओटा क्वारेन्टाइनमा राखिएका मानिसहरूको ¥यापिड डायग्नोष्टिक टेष्टप गरिएको छ । १४ दिन पुगेका बडीमालिका नगरपालिकाको मालिका माविमा राखिएका ३५ जना, त्रिवेणी नगरपालिकामा राखिएका १० जना, बुढिगंगामा ४ जना र गौमुलका २ जनलाई ¥यापिड डायग्नोष्टिक टेस्टपछि गरिएको छ । रिपोर्ट नेगेटिभ आएमा उनीहरूलाई १ हप्ता होम क्वारेन्टाइन बस्ने गरी कागज बनाएर शुक्रवार दिउसो घर पठाएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताए ।

जिल्लाका नौ ओटा स्थानीय तहका एक सय १७ जनलाई क्वारेन्टाइनमा राखिएका छन् । ¥यापिड डायग्नोष्टिक टेस्टका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानीय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएका पन्तले बताए । ¥यापिड डायग्नोष्टिक टेस्टका लागि पहिलो चरणमा ३ सय थान ¥यापिड डायग्नोष्टिक टेस्ट किट जिल्लामा आएको छ । क्वारेन्टाइन बसेका चेक पछि चेक जाँचमा खटिएका स्वास्थ्यकर्मी र डिउटिमा खटिएका प्रहरीको पनि टेस्ट गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments