गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुग्यो

सोमवार, असार ८, २०७७



पोखरा ।  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

गण्डकी प्रदेशको समाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माका अनुसार सोमबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार कोरोना संक्रमितको संख्या ५४० पुगेको हो ।

‘‘उहाँहरु सबै भारतबाट फर्किएको हुनुहुन्छ र सबैजना सम्बन्धित जिल्लाको क्‍वारेन्टिनमा हुनुहुन्छ,’’ शर्माद्वारा आज बिहान जारी विज्ञप्तिमा भनिएको छ, ‘‘उहाँहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ  ।’’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments