कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या ११ लाख ५० हजार नाघ्यो

सोमवार, बैशाख २२, २०७७



एजेन्सी । कोरोना भाइरसको प्रकोपबाट विश्वभर संक्रमित हुनेको संख्या ३५ लाख ६५ हजार १ सय नाघेको छ । आइतबार ८२ हजार २ सय बढी  थपिएसँगै विश्वभर संक्रमितको कुल संख्या ३५ लाख ६५ हजार १ सय नाघेको हो ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या ११ लाख ८८ हजार पुगेको छ । जसमध्ये ६८ हजार ५ सय व्यक्तिले ज्यान गुमाउँदा १ लाख ७८ हजार संक्रमित निको भएका छन् ।

वल्डोमीटरको पछिल्लो विवरणअनुसार अमेरिकामा २४ घण्टामा २७ हजार ३ सय संक्रमित थपिँदा १ हजार १५४ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ४७ हजार पुगेको छ । जसमध्ये २५ हजारको मृत्यु हुँदा १ लाख ४८ हजार संक्रमित उपचारपछि निको भएका छन् ।

इटालीमा अहिलेसम्म २ लाख १० हजार व्यक्तिमा कोरोना पुष्टि भएको छ । त्यहाँ २८ हजार ८ सय व्यक्तिले ज्यान गुमाउँदा ८१ हजार ६ सय व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा १ लाख ८६ हजार, फ्रान्समा १ लाख ६८ हजार, जर्मनीमा १ लाख ६५ हजार, रुसमा १ लाख ३४ हजार, टर्कीमा १ लाख २६ हजार, ब्राजिलमा १ लाख १ हजार व्यक्ति कोरानाबाट प्रभावित भइसकेका छन् । बाँकी देशमा भने अहिलेसम्म संक्रमितको संख्या १ लाख नाघेको छैन ।

विश्व महामारीका रुपमा फैलिएको कोरोनाबाट हालसम्म २१० देश प्रभावित भएका छन् । आज बिहानसम्म विश्वभर ३५ लाख ६५ हजार २ सय व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ११ लाख ५४ हजार व्यक्ति निको हुँदा २ लाख ४८ हजार २५० संक्रमितले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments