अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो !

मङ्लबार, बैशाख २३, २०७७



एजेन्सी ।  विश्व्यापी महामारी  कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या अमेरिकामा मात्र १२ लाख नाघेको छ । सोमबार २४ हजार ७ सय थपिएसँगै त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख नाघेको हो ।

त्यस्तै, अमेरिकामा मृतकको संख्या ६९ हजार ९२१ पुगेको छ । विगत २४ घण्टामा मात्रै त्यहाँ कोरोनाबाट १ हजार ३२४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा उपचारपछि निको हुने संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । मंगलबार बिहानसम्म त्यहाँ १ लाख ८८ हजार व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् । अमेरिकामा अहिले ९ लाख ५४ हजार संक्रमित उपचाररत छन् । जसमध्ये १६ हजार व्यक्तिको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा हालसम्म ७४ लाख ६२ हजार बढी व्यक्तिले कोरोना परीक्षण गरिसकेका छन् ।

विश्व महामारीका रुपमा फैलिएको याे भाइरसबाट आज बिहानसम्म ३६ लाख ४४ हजार ८ सय व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ११ लाख ९४ हजारले कोरोना जित्दा २ लाख ५२ हजार संक्रमितको भने मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments