काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुको अनिवार्य रुपमा आरडिटी परीक्षण गर्नुपर्ने

बिहिबार, जेष्ठ १, २०७७



काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरुको अनिवार्य रुपमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्नु पर्ने निर्णय गरेको छ ।

बिहिबार गृहमन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो । पछिल्लो समयमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरस न्यूनिकरण गर्ने उद्धेश्यले उक्त निर्णय गरेको जनाइएको छ ।

काठमाडौं उपत्यकामा देखा परेका कोरोना संक्रमितहरु तराईका जिल्लाबाट आएका कारण आरडिटी अनिवार्य रुपमा चेकजाँच गरेमा संक्रमणको प्रकोप न्यूनिकरण हुने अपेक्षा गरेको जनाइएको छ ।

साथै गृह मन्त्रालयले जिल्ला भित्र सवारी सञ्चालन गर्न दिइएको पास समेत खारेज गर्ने निर्णय गरेको छ । साथै जिल्ला प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेकाे छ । याे निर्णयहरू यो निर्णय शनिबारबाट लागू हुने भएका छन ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले गत चैत ११ गते बाट जेठ ५ गते सम्मका लागि लकडाउन प्रक्रिया अविलम्बन गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments