डोल्पामा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

शनिबार, जेष्ठ २४, २०७७



काठमाडौं । डोल्पामा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरूषमा कोरोना पुष्टि भएको छ । जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना पुष्टि भएका ती ५८ वर्षिय पुरुषको  जेठ २१ गते मृत्यु भएको थियाे । होम क्वारेन्टाइनमा बसेका बेला सास फेर्न गाह्रो भएर मृत्यु भएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments