कोरोना अपडेट : उपचारपश्चात घर फर्किनेको संख्या ४ लाख २३ हजार नाघ्यो

सोमवार, बैशाख १, २०७७



एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या १८ लाख ५३ हजार १ सय ५० नाघेको छ । गएको २४ घण्टामा ७२ हजार ५ सय १३ बढी थपिएसँगै संक्रमितको संख्या साढे १८ लाख नाघेको हो ।

त्यस्तै, आइतबार विश्वभर ५ हजार ४ सय १४ बढीले ज्यान गुमाएका छन् ।  यस्तै विश्वभर हालसम्म ४ लाख २३ हजार बढी मानिस उपचारपश्चात घर फर्किएका छन्।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ५ लाख ६० हजार २ सय ९९ बढी व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये २२ हजार बढीको मृत्यु हुँदा ३२ हजार ६ सय ३३ बढी संक्रमित उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा २४ घण्टामा १५ सयको मृत्यु हुँदा २७ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि संक्रमितको संख्या इटालीमा बढी छ । त्यहाँ १ लाख ६६ हजार व्यक्ति संक्रमित हुँदा १७ हजारको मृत्यु र ६६ हजार बिरामी निको भइसकेका छन् ।

इटालीमा १ लाख ५६ हजार संक्रमितमध्ये १९ हजार ८ सयको ज्यान गएको छ । फ्रान्समा संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय नाघेको छ । त्यहाँ सोमबार बिहानसम्म १४ हजार ३ सयको मृत्यु हुँदा २७ हजार व्यक्ति अस्पतालबाट सिस्चार्ज भइसकेका छन् ।

जर्मनीका संक्रमित हुने मानिसको संख्या १ लाख २७ हजार बढी छ । जसमध्ये आज बिहानसम्म ३ हजारको मृत्यु हुँदा ६० हजार व्यक्ति उपचार गरेर घर फिर्ता भइसकेका छन् ।

बेलायतमा संक्रमितको संख्या ८४ हजार नाघेको छ । जसमध्ये १० हजार ६ मानिसले ज्यान गुमाएका छन् ।

चीनमा ८२ हजार, इरानमा ७१ हजार, टर्कीमा ५६ हजार, बेल्जियममा २९ हजार, नेदरल्याण्ड्स, स्विट्जरल्याण्डमा २५/२५ हजार, क्यानाडामा २४ हजार, ब्राजिलमा २२, पोर्चुगलमा १६ हजार, रसियामा १५, अष्ट्रेलियामा १३, इजरायलमा ११, दक्षिण कोरिया, स्वीडेनमा १०/१० हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् ।

वर्ल्डमीटर इन्फोका अनुसार छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ९ हजार नाघेको छ । जसमध्ये ३३१ जनाको ज्यान गइसकेको छ । १ हजार ८१ संक्रमित भने उपचारपछि घर फर्किसकेका छन् । गएको २४ घण्टामा ७५९ नयाँ संक्रमित थपिँदा ४३ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा सोमबार बिहानसम्म १२ व्यक्तिमा कोरोना पुष्टि भइसकेका छ । जसमध्ये १ जना उपचारपछि घर फर्किदा बाँकी ११ संक्रमितको विभिन्न अस्पतालमा उपचार जारी छ ।

गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाबाट अहिलेसम्म विश्वका २१० देश प्रभावित भइसकेका छन् ।

संक्रमण र मृत्युदरमा कमी नआए पनि निको हुने कोरोना संक्रमितको संख्या पनि बढ्दो छ । आज बिहानसम्म विश्वभर ४ लाख ४३ हजार संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments