मनाङमा पहिलोपटक देखियो कोरोना

बिहिबार, असार ४, २०७७



 मनाङ । मनाङमा पनि कोरोना संक्रमित फेला परेका छन् । हिमाली जिल्ला मनाङमा कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो ।

मनाङमा फेला परेका कोरोना संक्रमित कपिलबस्तुबाट फर्किएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् ।

मनाङमा कोरोना देखिएका संक्रमित चामे गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । ५७ वर्षका संक्रमित उनको स्थायी ठेगाना भने बाढगंगा १४ कपिलबस्तु हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments