सार्क राष्ट्रहरूमा कोरोना महामारी : कुन देशमा कति प्रभाव ?

आइतवार, चैत्र २३, २०७६



एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३५ सय ८८ पुगेको छ छ । शनिबार एकैदिन ५२९ जनामा नयाँ संक्रमण देखिएको छ भने १३ जनाको मृत्यु भएको छ  । यससँगै  त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या ३५ सय ८८ पुगेको छ भने मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

भारतमा आइतबार बिहानसम्म २२९ संक्रमित निको भएका छन् भने ३ हजार २ सय ६० जनाको उपचार भइरहेको छ।

यस्तै, पाकिस्तानमा कोरोनाबाट २८ सय १८ व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये ४१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ १३१ संक्रमित उपचारपछि घर फर्किसकेका छन् । त्यहाँ पछिल्ल्लो २४ घन्टामा १३२ जना संक्रमित भएका अहुन भने १ जनाको मृत्यु भएको हो ।

उसैगरी, अफगानिस्तानमा कोरोनाबाट २९९ व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ १० संक्रमित उपचारपछि घर फर्किसकेका छन् । त्यहाँ पछिल्ल्लो २४ घन्टामा १८ जना संक्रमित भएका हुन् भने १ जनाको मृत्यु भएको हो ।

यस्तै, श्रीलंकामा कोरोनाबाट  १६६ संक्रमित भएका छन् । जसमध्ये ५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ २७ संक्रमित उपचारपछि घर फर्किसकेका छन् । त्यहाँ पछिल्ल्लो २४ घन्टामा ७ जना संक्रमित भएका हुन् भने १ जनाको मृत्यु भएको हो ।

यस्तै,  माल्दिभ्समा कोरोनाबाट १९ जना संक्रमित भएका छन् । त्यहाँ हालसम्म कसैको पनि मृत्यु भएको छैन । त्यहाँ १३ जना उपचारपछी घर फर्कीसकेका छन् । त्यहाँ पछिल्लो २४ घन्टामा न कुनै संक्रमण देखिएको छ न कसैको मृत्यु नै भएको छ ।

यस्तै, भुटानमा कोरोनाबाट ५ जना संक्रमित भएका छन् । त्यहाँ पनि हालसम्म कसैको मृत्यु भएको छैन । त्यहाँ २ जना उपचारपश्चात घर फर्कीसकेका छन् ।  त्यहाँ पछिल्लो २४ घन्टामा न कुनै संक्रमण देखिएको छ न कसैको मृत्यु नै भएको छ ।

यस्तै, बंगलादेशमा कोरोनाबाट ७० जना संक्रमित भएका छन् ।  जसमध्ये १७ जनाको मृत्यु भएको छ ।  त्यहाँ ३० जना उपचारपश्चात घर फर्कीसकेका छन् । त्यहाँ पछिल्लो २४ घन्टामा ९ अज्नामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट विश्वभर संक्रमितको संख्या १२ लाख नाघिसकेको छ । जसमध्ये ६४ हजारको मृत्यु हुँदा २ लाख ४६ हजार बढी संक्रमित निको भइसकेका छन ।

नेपालमा अहिलेसम्म ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक जना उपचारपछि घर फर्किएसकेका छन् । बाँकी संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments