कोरोना विशेष अस्पताल दाङबाट १० जना कोरोना संक्रमित डिस्चार्ज

आइतवार, जेष्ठ २५, २०७७



काठमाडाैं । दाङको कोरोना विशेष अस्पतालबाट १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।

डिस्चार्ज हुनेमा बाँकेका ५ जना, कपिलवस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जना रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए । डा. शर्माका अनुसार पछिल्लो कोरोना संक्रमितहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र केहिको लक्षण नै नदेखिएको कारण डिस्चार्ज गरिएको बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments