कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

बुधबार, चैत्र २६, २०७६



एजेन्सी । भारतको गुजरातस्थित जामनगरमा विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ । कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा नै गम्भीर भइसकेको बताएको छ । दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि उनका केही अंगले काम गर्न छाडिसकेका थिए ।

कोरोनाबाट मृत्यु हुने शिशु गुजरातमै सबैभन्दा कम उमेरका बिरामी हुन् । मंगलबारमात्रै गुजरातमा कोरोना भाइरसका २९ नयाँ बिरामी फेला परेका छन् । योसँगै सो राज्यमा कोरोना भाइरस संक्रमितको संख्या १७५ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments