कोरोनाले एकै दिनमा लियो १०३ जनाको ज्यान, मृत्यु हुनेको संख्या एक हजार १८ पुग्यो

मङ्लबार, माघ २८, २०७६



एजेन्सी । चीनको हुवेई प्रान्तदेखि उत्पति भएको नोवेल कोरना भाइरसका कारण सोमबार हुबेइमा मात्र १०३ जनाको मृत्यु भएको छ ।  एक वरिस्ठ स्वास्थ्य अधिकारीले हुवेईमा हालसम्म ९७४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

कोरोनाका कारण मेनल्यान्ड चाइनामा एक हजार १६ ले ज्यान गुमाएका छन् भने विश्वव्यापिरुपमा एक हजार ११८ जनाको मृत्यु भएको छ । जसमा एकजनाको हङकङमा र एकजनाको फिलिपिन्समा मृत्यु भएको हो ।

त्यसैगरी सोमबार हुबेइमा दुई हजार ९७ जना संक्रमित भएका छन् । हुबेइमा २५ हजार संक्रमित अस्पतालमा भर्ना गरिएका छन् । जसमा १ हजार २ सय ९८ को अवस्था गम्भीर भएको बताइएको छ ।  विश्वभर ४२ हजारभन्दा बढी संक्रमित भएको जनाइएको छ । जापानको डाइमन्ड प्रिन्सेस क्रुजमा सवार १३६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ । यस्तै ४०४३ को उपचार पछी घर पठाइएको बताइएको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments