भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६४० पुग्यो

बुधबार, बैशाख १०, २०७७



एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

योसँगै भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजन्सी एएनआईले पछिल्लो २४ घण्टामा थप १३ सय ८३ विरामी थपिएका जनाएको छ ।

भारतमा बुधबार बिहानसम्म संक्रमितको संख्या १९ हजार नौ सय ८४ पुगेको छ । जसमध्ये तीन हजार आठ सय ७० जना उपचार पछि घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments