भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

मङ्लबार, असार ९, २०७७



एजेन्सी । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो ।

त्यस्तै, त्यहाँ अहिलेसम्म ४ लाख ४० हजार ४ सय ५० जना कोरोना संक्रमणबाट प्रभावित भइसकेका छन् । सोमबार मात्रै भारतमा १३ हजार ५ सय ४० नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा  २ लाख ४८ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यस्तै, त्यहाँ अहिले १ लाख ७८ हजार संक्रमितको उचार जारी छ । जसमध्ये ८ हजार ९ सय बिरामीको अवस्था गम्भीर रहेको वल्डोमीटरले जनाएको छ ।

विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट हालसम्म ९१ लाख ८१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ४९ लाख १६ हजार निको हुँदा ४ लाख ७३ हजारको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ३८ हजार नयाँ संक्रमित थपिँदा ३ हजार ८ सय ५८ ले ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ३१ हजार ४ सय संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या २३ लाख ८८ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म १० लाख संक्रमित निको हुँदा १ लाख २२ हजारले ज्यान गुमाएका छन् । सोमबार त्यहाँ ३ सय ६३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोनाबाट बढी प्रभावितमध्ये दोस्रो देश ब्राजिलमा २४ घण्टामा २४ हजार ३ सय नयाँ संक्रमित पुुष्टि हुँदा ७ सय ४८ जनाले ज्यान गुमाएका छन् ।

योसँगै ब्राजिलमा संक्रमितको संख्या ११ लाख ११ हजार नाघेको छ । त्यस्तै, त्यहाँ अहिलेसम्म ५ लाख ७९ हजार संक्रमणमुक्त हुँदा ५१ हजार ४ सयले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments