कोरोना कहर : भारतमा मृत्यु हुनेको संख्या हजार नाघ्यो

बुधबार, बैशाख १७, २०७७



छिमेकी मुलुक भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । यस्तै, ७ हजार ७ सय बढीले कोरोनालाई जित्दा साढे २२ हजार ५ सय बढी संक्रमितको उपचार जारी रहेको छ  ।

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ६९ जनाले ज्यान गुमाउँदा १ हजार ८७३ संक्रमित थपिएका छन् । योसँगै बुधबार बिहानसम्म भारतमा कुल संक्रमितको संख्या ३१ हजार ३ सय संक्रमित नाघ्दा १ हजार ८ व्यक्तिले ज्यान गुमाएका छन् ।

भारतमा हालसम्म ७ लाख १६ हजार व्यक्तिले कोरोना परीक्षण गरेका छन् । यो भनेको १० लाख जनसंख्यामा ५१९ जनाको मात्र परिक्षण हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments