कोरोना कहर : अमेरिकामा मृत्यु हुनेको संख्या करिब ६० हजार पुग्यो

बुधबार, बैशाख १७, २०७७



एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १० लाख नाघेको छ भने करिब ६० हजार को मृत्यु भएको छ । हालसम्म अमेरिकामा १० लाख ३५ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजारभन्दा धेरै छ । हाल अमेरिकामा ८ लाख ३४ हजारभन्दा माथि कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १५ हजारको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै २ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने २५ हजार भन्दा बढी संक्रमित थपिएका हुन् ।  अमेरिकामा १ लाख ४२ हजार बढी मानिस निको भइसकेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments