कोरोना कारण ७६ वर्षीय पुरूषकाे मृत्यु, मृत्यु हुनेकाे संख्या ९ पुग्यो

बुधबार, जेष्ठ २१, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

बुधबार दोलखाका ७६ वर्षीया पुरुषको निधन सँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.विकास देवकोटाले जनाएका छन । दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो। ती पुरुषमा जेठ १५ गते स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको डा. देवकोटाले जानकारी दिए ।

आज मात्र थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २३ सय पुगेको छ । कुल संक्रमित मध्य २७८ जना उपचारपश्चात घर फर्किएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments