कोरोना भाइरसका कारण गुल्मीमा एक शिक्षकको ज्यान गयो

बिहिबार, जेष्ठ ८, २०७७



काठमाडौं । कोरोना भाइरस महामारी कारण गुल्मीमा एक शिक्षको ज्यान गएको छ ।

बिहिबार बिहान गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नं ६ निवासी शिक्षकको कोरोना भाइरसका कारण उपचारकै क्रममा निधन भएको हो । बुधबार निधन भएको भनिएका उनको अस्पतालले निधन नभएको भन्दै विज्ञप्ती टाँस जारी गरेको थियो ।

उनको निधन प्रति पूर्वमन्त्री गाेकर्ण विष्टलेदुख व्यक्त गरेका छन । उनले भनेका छन, कोरोना भाइरसको उपचारको क्रममा रहेको शिक्षकको असामयिक निधनले मलाई अत्यन्त दुःखित बनाएको छ । यो दुःखको क्षणमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । हाल सम्म नेपालमा कोरोनाबाट ४४४ जना संक्रमित भएका छन । जसमध्ये ४५ जना उपचारपश्चात निको भइ घर फर्किएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments