कोरोना कोषबाट एकै पटक साढे ५५ करोड निकासा

मङ्लबार, असार १६, २०७७



सरकारले कोरोना भाइरस संक्रमण रोकथा, नियन्त्रण तथा उपचार कोषबाट एकै पटक साढे ५५ करोड रुपैभन्दा बढी झिकेर खर्च गरेको छ ।

९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको सातौँ बैठककाे निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो ।

सो कार्यालयका अनुसार निकासा गरिएको रकम कोरोना संक्रमण भए/नभएकोबारे जानकारी लिन स्वाब संकलनका क्रममा विमान चार्टर्डमा लागेको हवाई भाडादेखि नेपाली सेनाका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण खरिदसम्म खर्च हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments