नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ८२ पुग्यो

मङ्लबार, बैशाख २३, २०७७



नेपालगन्ज ।   कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । आज १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज नेपालगञ्ज–८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । योसहित नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो ।

कोरोना संक्रमण फैलिन नदिन आजदेखि ३ दिनसम्म उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको छ ।

संक्रमण भएका स्थानहरुमा रहेकाहरुको स्वाव परीक्षण सहज होस् भन्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार हादुर खड्काले जानकारी दिए ।

त्यहाँ आज बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments