एकै दिन २२६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७९८ पुग्यो

सोमवार, जेष्ठ १९, २०७७



काठमाडौं । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेकोे छ।  महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाल विश्वमा ३ लाख ७४ हजार बढिको ज्यान गइसकेको छ । त्यस्तै ६२ लाख ८२ हजार ५ सय भन्दा बढि संक्रमित बनेका छन ।

कोरोना भाइरसकै कारण विश्वका अधिंकाश देशहरुमा लकडाउन अपनाइएको छ । नेपालमा पनि गत चैत ११ गते देखि जारी लकडाउन जेठ ३२ सम्मका लागि लागू गरिएको छ । तर नेपालमा लकडाउन थपिएसँगै कोरोना संक्रमितको संख्या पनि दिन प्रतिदिन थपिदै गएको छ । सोमबार एकै दिन २२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन। जस मध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । हाल सम्म ५९ जिल्लामा फैलिएको छ ।

कुल संक्रमित मध्ये जना उपचारपश्चात २२१ घर फर्किएका छन । हाल सम्म कोरोनाका कारण ८ जनाले ज्यान गुमाइसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments