एकै दिन १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

आइतवार, जेष्ठ १८, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज  थपिएका संक्रमित मध्ये १६२ जना पुरुष र ४ जना महिला रहेका छन । यो सँगै कोरोना संक्रमणको  १५६७ संख्या पुगेको छ। कुल संक्रमित मध्य २२० जना उपचार पश्चात घर फर्किएका छन ।

दुल्लु नगरपालिका ७ का नेपाल विधुत प्राधिकरणको आइसोलेसनमा रहेका ३५ वर्षीया पुरुष र बाजुराकी  २ वर्षिया बालिका कारोनाका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  याे सँगै कोरोनाका कारण हाल सम्म ८ जनाले ज्यान गुमाइसकेका छन ।   डडेल्धुरा, गुल्मी र काठमाडौंमा मृत्यु भएकाहरुको परीक्षण भइरहेको र उनीहरूकाे रिपाेर्ट आउन बाँकी रहेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments