बाजुराकी दुई वर्षीया बालिकाकाे कोरोनाकै कारण ज्यान गएको पुष्टि, आमाको रिपोर्ट पनि पोजेटिभ

आइतवार, जेष्ठ १८, २०७७



काठमाडौं । जिल्ला अस्पालत मार्तडीमा आइसोलेसनमा  भर्ना मृत्यु भएकि बाजुराकी दुई वर्षीया बालिका कोरोनाको कारण ज्यान गएको पुष्टि भएको छ ।

८ दिन अघि भारतबाट आएको र उनलाई यात्राकै क्रममा उच्च ज्वरो,श्वासप्रश्वास कठिनाई,झाडा, पखाला बान्ता हुने जस्ता समस्या देखा परेपछि बालिकालाई जिल्ला अस्पालत मार्तडीमा आइसोलेसनमा भर्ना गरिएकाे थियाे।बुढिंगगा नगरापालिका १ कि २ वर्षीय बालिकाको गए राती २.३० बजे निधन भएको थियो । उनको निधनपछि बालिका र उनका आमा बुबाको स्वाब संकलन गर्दै प्रादेशीक अस्पताल धनगढी पढाएपछि बालिको निधन कोरोनाको कारणले भएको सेति प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।  आमालाई समेत कोरोना पोजेटिभ देखा परेको बालिकाका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

याे सँगै नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ ।

सम्बन्धित समाचार पढ्नुहाेस

बाजुरामा आइसोलेसनमा भर्ना भएकी दुई वर्षीया बालिकाको मृत्यु

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments