एकै दिन कोरोना संक्रमित १८९ थपिए, संक्रमितको १४०१ संख्या पुग्यो

शनिबार, जेष्ठ १७, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वभर मानव जीवनमा आतंक सिर्जना भएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि विश्वका अधिंकाश मुलुकहरुले लकडाउन अपनाएका छन । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस महामारीले नेपालमा पनि एक महिना यता विकराल रुप लिएको छ ।

शनिबार एकै दिन नेपालमा १८९ कोरोना संक्रमित थपिएका छन । जस मध्य चार जना महिला रहेका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको १४०१ संख्या पुगेको छ । ५३ जिल्लामा फैलिएकाे काेराेना भाइरसबाट  शनिबार मात्र १३ जना व्यक्ति उपचार पश्चात घर फर्किएका छन ।  याे सँगै काेराेनाबाट कुल निकाे भएर जानेहरूकाे संख्या २१९ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकाेटाले जनाएका छन ।हाल सम्म काेराेनाबाट ६ जनाले ज्यान गुमाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments