कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो

शुक्रबार, जेष्ठ १६, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपालमा ६ जनाको ज्यान गएको छ ।

भारतबाट आएका  अर्घाखाँचीका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । त्यस्तै शुक्रबार एकै दिन १७० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १६५ जना पुरुष र ५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments