एकै दिन १७० जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या १२१२ पुग्यो

शुक्रबार, जेष्ठ १६, २०७७



काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि तिब्र रुपमा फैलिएको छ ।
शुक्रबार एकै दिन १७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६५ जना पुरूष र ५ जना महिला रहेकाे छन ।

नेपालमा कुल संक्रमितको १२१२ जना  संख्या पुगेको छ । संक्रमित मध्य  २०६ जना  कोरोना संक्रमण मुक्त  भएर घर फर्किएका छन ।  अर्घाखाँचीका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  काेराेना कारण हाल सम्म ६ जनाकाे मृत्यु भएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments