एकै दिन ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

बुधबार, जेष्ठ १४, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिदैं गरेको कोरोना भाइरस महामारी नेपालमा तिब्र गतिमा फैलिदैं गएको छ ।
कोरोना भाइरसका कारण विश्वका अधिंकाश देशहरुमा लकडाउन जारी छन ।

तर छिमेकी देश भारतमा लकडाउन खुकुलो बनाएसँगै भारतबाट नेपाल भित्रिनेहरु बढेसँगै नेपालमा कोरोना संक्रमितहरु पनि बढदै गइरहेकाछन । बुधबार नेपालमा एकै ११४ दिन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.विकास देवकोटाले जनाएका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । १८३ जना डिस्चार्ज भएका छन । जस मध्ये चार जना काेराेना संक्रमितले ज्यान गुमाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments