रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

बुधबार, जेष्ठ १४, २०७७



काठमाडौं । रौतहटमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार मात्र रौतहट जिल्लामा ३५ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएका छन ।

यो सँगै राैतहटमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।  प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरेका हुन ।

संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहरिया नगरपालिकाका दुई दुई जना छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ८२५ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments