कोरोना नियन्त्रण गर्न सरकार सक्रिय, तीन तहबीच छलफल

आइतवार, चैत्र २, २०७६



काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को रोकथामका लागि सरकारले सक्रियता देखाएको छ । कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखी सिमा नाका सम्म कडा व्यवस्था अपनाइरहेको छ ।

साथै यसको प्रभाव न्यूनिकरण गर्नका लागि सरकारले केन्द्र,प्रदेश र स्थानीय तहगरी तीनै तहका सरकारहरुसँग परामर्श गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफल गर्न लागेको हो। छलफलमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरु काठमाडौं आइपुगेका छन्।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटिसकेको स्वास्थ्यमन्त्री भानुभक्त  ढकालले बताएका छन । उनले आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकालले भने, हामीसँग करिब १ सय ७० आईसीयू सञ्चालनमा छन् । काठमाडौं उपत्यकाभित्र १ सय २० र काठमाडौं बाहिर १ सय १५ गरी २ सय ३५ आईसीयू तत्कालै व्यवस्था गर्ने काममा हामी जुटिसकेका छौं । उनले १ सय ५५ वटा आइसोलेटेड बेडहरु अहिले तयारी अवस्थामारहेको समेत बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments