एकै दिनमा ७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६८२पुग्याे

सोमवार, जेष्ठ १२, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा तिब्र गतिमा फैलिरहेको छ ।

आइतबार एकै दिन ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन । संक्रमित मध्य ११२ जना उपचारपश्चात घर फर्किएका छन । पछिल्लो समय थप चौविस जना डिस्चार्ज भएको बताइएको छ । डिस्चार्ज हुनेहरूमा ८३ पुरुष र २८ जना महिला रहेका छन ।

आइतबार  बिहान ७२ जनामा फेला परेकाे काेराेना संक्रमण पछिल्लो समय थप सात जनामा देखा परेकाे छ । अछामका १ जना, बद्रियाका दुइ जना र पर्साका दुई जना र काठमाडौं महानगरपालिका १ रहेका छन । त्यस्तै सम्भावित चार जना कोरोना संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. विकास देवकोटाले जानकारी दिए ।  काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments