थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

सोमवार, जेष्ठ १२, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा तिब्र गतिमा फैलिरहेको छ ।  पछिल्लो समय नेपालमा भारतबाट आएका नेपाली नागरिकहरुमा कोरोना संक्रमण भएको देखिन्छ ।

सोमबार बिहान थप ७२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमित मध्य हाल सम्म १०५ जना संक्रमित कोरोना जितेर घर फर्किसकेका छन । त्यस्तै कोरोनाको कारण तीन जना नेपालीले ज्यान गुमाएका छन ।

हेर्नुहाेस स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति

corona

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments