एकै दिन ६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४

शनिबार, जेष्ठ १०, २०७७



काठमाडौं । नेपालमा हाल सम्म नेपालमा ४० जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

शनिबार एकै दिन ६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार बिहान ३२ जना र साँझ ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लाे रिपाेर्ट अनुसार,  बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए ।

कुल संक्रमित मध्ये ७० जना डिस्चार्ज भएका छन । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण तीन जना को निधन भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments