थप २० जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५०७

शुक्रबार, जेष्ठ ९, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले पछिल्लो समय नेपालमा बढदै गइरहेको छ ।

शुक्रबार दिउँसो चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार थप २० जनामा काेराेना पुष्टि भएकाे छ ।

नयाँ थपिएका संक्रमित मध्ये सेति प्रादेशीक प्रयोगशालमा पाँच जना रहेका छन । जस मध्ये कैलाली जानकी गाउँपालिकाका तीन जना पुरूष, डडेल्धुराका परशुराम नगरपालिका- १० का पुरूष र  बैतडी जिल्लाकाका एक पुरूष  रहेका छन । भेरी अस्पताल बाँके प्रयाेगशालमा भएकाे परीक्षण अनुसार  बाँकेका १४ जना रहेका र माेरङका एक युवक रहेका छन ।

याे सँगै हाल सम्म नेपालमा कुल संक्रमितकाे संख्या  ५०७ पुगेकाे छ । जसमध्य ७० जना उपचारपश्चात घर फर्किएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments