४९ काेराेना संक्रमित घर फर्किए, संक्रमित संख्या ४५३

बिहिबार, जेष्ठ ८, २०७७



काठमाडौं ।  विश्वव्यापी  महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट थप नौ जना संक्रमित  थपिएका छन ।

बिहिबार दिउँसो चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नौ जनामा कोरोना भएको जनाएको छ । हालसम्म ४५३ जना कोरोना संक्रमित भएका छन ।

टेकु अस्पतालमा उपचारार्थ चार जना कोरोना संकमित डिस्चार्ज
बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका  चार जना टेकु  डिस्चार्ज भएका छन ।  डिस्चार्ज हुनेमा काठमाडौंका २, भक्तपुरका २ जना जना रहेका छन । उनीहरु नौं दिनमा डिस्चार्ज भएका हुन ।

उनीहरुको स्वाब दुई पटक नेगेटिभ देखिएपछि घर पठाइएको अस्पतालले जनाएको छ । हाल सम्म ३८ जिल्लामा संक्रमण फैलिएकाे छ । कुल संक्रमित ४५३ जना  मध्ये ४९ जना उपचारपछि घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्रालयले जनाएकाे छ । साथै काेराेनाबाट हाल सम्म ३ जनाले ज्यान गुमाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments