थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

बिहिबार, जेष्ठ ८, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित दिन प्रतिदिन बढदै गएका छन ।

पछिल्लो सयममा विश्वमा एकै दिन १ लाख ६ हजार भन्दा बढिमा कोरोना संक्रमण देखा परेको छ । त्यस्तै नेपालमा पनि बिहिबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान ६.५० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ। हालसम्म ४५ जना कोरोना संक्रमित उपचारपश्चात घर फर्किएका छन भने दुई जनाले ज्यान गुमाइ सकेका छन ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments