थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

बुधबार, जेष्ठ ७, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण बढदै गइरहेको छ ।

बुधबार साँझ चार बजे स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा दिएकाे जानकारी दिए अनुसार नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३५४९६ र आरडिटी प्रविधिबाट ७५०७२ जनाले स्वास्थ्य जाँच गराएका   छन ।

बुधबार साँझ सम्म थप नयाँ २५ जनाका काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्रालयले जनाएकाे छ । २५ संक्रमित मध्ये  तीन देखी ४८ वर्षका रहेको छन ।  साथै उदयपुरको कोसी अस्पतालमा रहेका आठ जनाहरु डिस्चार्ज भएका छन । हाल सम्म नेपालका ४२७ जना संक्रमित पुगेका छन । जस मध्य ४५ जना उपचार पश्चात घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments