काेसी अस्पतालबाट थप आठ जना कोरोना संक्रमित निको भइ घर फर्किए

बुधबार, जेष्ठ ७, २०७७



काठमाडौं । कोसी अस्पतालमा उपचारार्थ थप आठ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन ।  बुधबार कोशी अस्पतालमा कोरोना सक्रमणको उपचार गराइरहेको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक रहेका छन ।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती पाँचै भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए । याे सँगै काेसी अस्पतालबाट  २६  जना डिस्चार्ज भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments