कोरोनाबाट तेस्रो व्यक्तिको ज्यान गयो

बुधबार, जेष्ठ ७, २०७७



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको ज्यान गएको छ ।

बुधबार बिहान गुल्मीका संक्रमित पुरुषको मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनलाई ज्वरो आउने र रुघाखोकी को लक्षण देखा परेपछि उनलाई जेठ एक गते अस्पताल भर्ना गरेको थियो । सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो। उनको केहि बेर अघि ज्यान गएको मन्त्री बरालले जनाएका छन ।

नेपालमा यस अघि एक सुत्केरी महिला र एक पुरूषकाे काेराेना भाइरसककै कारण ज्यान गएकाे थियाे । नेपालमा हाल सम्म ४०२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । जसमध्ये ३६ जना उपचारपश्चात निको भइ घर फर्किसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments