थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२

मङ्लबार, जेष्ठ ६, २०७७



काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

मंगलबार एकै दिन २७ जनामा कोरोना पोजिटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ पुरूष र ३ महिला गरि २७ जनामा कोरोना संक्रमण भएको बताएको छ । जस मध्ये सबै भन्दा धेरै नौ जना झापा काठमाडौंमा ३ ललितपुर १ भक्तपुर १ सिन्धुली १ लमजुङ १ जनामा  रहेका छन ।

३६ जिल्लामा फैलिएको कोरोना भाइरसबाट हाल सम्म ४०२ जना संक्रमित रहेका छन । जसमध्ये एक महिला र एक पुरुषले ज्यान गुमाएका छन । त्यस्तै ३६ जना उपचार पश्चात घर फर्किन सफल भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments