बाँकेमा एकै दिन ४७ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ३५७ पुग्याे

सोमवार, जेष्ठ ५, २०७७



काठमाडौं । बाँकेमा एकै दिन ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जना को रिपोर्ट पोजेटिभ आएको हो । यस अघि साेमबार  बिहान नाै जनामा काेराेना संक्रमित फेला परेका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको कोरोना परीक्षणमा थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियाे । याे  सँगै एकैदिन ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाेछ ।

याे सँगै नेपालमा संक्रमितकाे संख्या ३५७ जना पुगेकाे छ । कोरोना सङ्क्रमित पुरुष  २९८, महिला ५९ रहेका छन ।

जसमध्ये २ जनाकाे काेराेना संक्रमणकाे कारण निधन भइसकेकाे छ । हाल सम्म ३६ जना निकाे भएर घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments