कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशु सहित परिवारको रिपोर्ट नेगेटिभ

सोमवार, जेष्ठ ५, २०७७



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी भनिएकि काभ्रेकी महिलाको शिशु र परिवारको रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।

करिब ४८ घण्टापछि सार्वजनिक गरिएको उनीहरुको रिर्पोट नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments