थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

सोमवार, जेष्ठ ५, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि तिब्र गतिमा फैलिरेहेको छ ।
साेमबार बिहान थप नौ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको कोरोना परीक्षणमा थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु रौतहट र बारा निवासी रहेका छन । यो संगै कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । संक्रमित मध्ये एक महिला र एक पुरुषले ज्यान गुमाइसकेका छन।

हेर्नुहाेस विज्ञप्ति

covid

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments