कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु

आइतवार, जेष्ठ ४, २०७७



काठमाडौं । कोरोना महामारीका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

शनिबार राति बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका युवाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भारतबाट आएका उनको क्वारेटाइनमै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।स्थानीयबासिन्दाले पीपीईको अभावमा एम्बुलेन्स चालकले अस्पताल पुर्‍याउन नमानेको आरोप लगाएका छन् ।

नरैनापुरमा युवकको मृत्यु भएसँगै नेपाली सेनाको उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मृतक युवकको शव क्वारेन्टाइनमै रहेको अन्त्येष्टि कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए । नेपालमा हाल सम्म  काेराेना भाइरसका २९१ जना संक्रमित रहेका छन । जस मध्ये ३६ जना उपराचपश्चात घर फर्कि सकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments