नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

शनिबार, जेष्ठ ३, २०७७



काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसका संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

मृतक महिलाकाे सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको स्राेतले जनाएकाे छ । उनलाइ काेराेना भएकाे हुन सक्ने भन्दै धुलिखेल अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएकाे थियाे ।

तर २४ गते सामान्य रूपमा गर्भवति भएकाे धुलिखेल अस्पताल अाउँदै गर्दा मृत्यु भएकाे र उनकाे बारेमा थप परीक्षण भइरहेकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।नेपालमा काेराेना संक्रमितकाे संख्या  २७८ पुगेको छ भने जसमध्ये ३६ जना भने निको भएर घर फर्किसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments