थप नाै जनामा काेराेना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

शनिबार, जेष्ठ ३, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा भयाबह स्थितीमा फैलिरहेको छ ।
शनिबार विहान थप  ९ जना नयाँ संक्रमित थपिएका छन ।

मन्त्रालयका अनुसार कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक-एक जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा प्रकाशित विज्ञप्तिका अनुसार भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिकाका तीन पुरुषमा कोरोनाभाइरस पुष्टि भएको हो।

हाल उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जनाएको छ । यो सँगै नेपालमा संक्रमितहरुको संख्या २७६ पुगेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments