थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

शुक्रबार, जेष्ठ २, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस एक साता यता नेपालमा तिब्र गतिमा फैलिरेहेको छ ।

शुक्रबार राती ८.१५ बज्दा सम्म नेपालमा थप नौ जना कोरोनाका संक्रमित थप भएका छन ।राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैं, विपी काेइराला स्वास्थ्य प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएकाे परीक्षाण अनुसार नाै जना थप संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमित मध्ये बिरगैज निवासी ९,१० वर्षका बालक,२३,४७ वर्षीय महिला, उदयपुर, त्रियुगा नगरपालिका निबासी २५ वर्षीय पुरूष दाङ गढवा ४,५ र तुल्सीपुर ७ निासी २३?३६,३४ वर्षीय पुरूषहरू र काठमाडाैं सतुङगल निवासी ७ वर्षीय बालक रहेका छन ।

हेर्नुहाेस  बिज्ञप्ति जस्ताकाे त्यस्तै

corona

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments